आमाबाबुविरुद्ध थलापति विजयको उजुरी | Khabarhub Khabarhub

आमाबाबुविरुद्ध थलापति विजयको उजुरी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– दक्षिण भारतीय फिल्मका स्टार थलापति विजय आफ्नो फिल्मका कारण चर्चामा छन् । फ्यानमाझ उनको क्रेज जबरदस्त छ । विजय यसपटक केही फरक कामले चर्चामा आएका छन् ।

उनले मद्रासको हाइकोर्टमा आफ्नै आमाबाबुविरुद्ध उजुरी दर्ता गराएका छन् । उनले आमाबाबुसँगै अन्य एघार व्यक्तिविरुद्ध पनि उजुरी दिएका छन् ।

विजयका पिता र निर्देशक एसके चंक्रशेखरले केही समयअघि एक राजनीतिक पार्टी सुरु गरेका थिए । यो पार्टीको नाम अल इण्डिया थलापति विजय मक्कल इयक्कम थियो ।

चुनाव आयोगमा दर्ता भएको दस्तावेजमा यो चुनावी पाटीको जनरल सेक्रेटरीमा विजयको पिताको नाम छ । उनकी आमा शोभ चन्द्रशेखरलाई कोषाध्यक्ष पदमा राखिएको छ ।

केही समय अघि विजयले यो चुनावी पार्टीमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए । उनले आफ्ना फ्यानलाई यो पार्टीमा आफ्नो नाम देखेर नजोडिन आग्रह गरेका थिए । उनले कसैले आफ्नो नामको तस्वीर या फ्यान क्लबको प्रयोग गरेमा उनीहरुविरुद्ध मुद्धा दर्ता गर्ने चेतावनी दिएका थिए ।

विजयको फिल्मी करियरको कुरा गर्दा उनले बाल कलाकारका रुपमा फिल्ममा सुरुवात गरेका थिए । उनी प्रमुख अभिनेताका रुपमा फिल्म ‘नालया थीरपू’ हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ५२ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले