कोरोना महामारी नियन्त्रण कोषमा कुमारी बैंकद्वारा सहयोग | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रण कोषमा कुमारी बैंकद्वारा सहयोग


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ ।

कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको छ । एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यहरुको सरहना स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ४ : ४५ बजे

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा

आजका समाचार : उपेन्द्र सर्वाेच्च जानेदेखि सुनील पौडेललाई ९ वर्ष कैदसम्म

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु

नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं– नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु