सुत्केरी व्यथाले थलिएकी शाहीको  हेलिकोप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

सुत्केरी व्यथाले थलिएकी शाहीको  हेलिकोप्टरमार्फत उद्धार


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालीकोटमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको आज हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ ।

तिलागुफा नगरपालिका–९ की २१ वर्षीया मैनकला शाहीलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।

शाहीको पहिलो गर्भ रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको स्थानीयवासी कमलबहादुर शाहीले बताए ।

“स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो”, उनले भने, “सुत्केरी व्यथा लागेको दुई दिनसम्म पनि सुत्केरी हुन नसकेका कारणले सुर्खेत रिफर गरिएको हो ।”

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि’ अनुसार हवाई उद्धार भइरहेको छ ।

कार्यविधिमा धेरै दिन प्रसव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको, रक्तअल्पता भएको, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई हवाई उद्धार गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : २२ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति