प्रदेश १ मा ७६९ कोरोना सङ्क्रमित थपिए | Khabarhub Khabarhub

प्रदेश १ मा ७६९ कोरोना सङ्क्रमित थपिए


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा एक हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र एक हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५ मध्ये विराटनगरमा ४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा आठ, उदयपुरमा तीन, भोजपुरमा दुई, सङ्खुवासभा र तेह्रथुममा एक एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

सोही अवधिमा प्रदेशमा आजै ४८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा तीन जना महिलासहित आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : २९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा