कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान, चार पालिकाका बस्ती जोखिममा (फोटोफिचर) | Khabarhub Khabarhub

कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान, चार पालिकाका बस्ती जोखिममा (फोटोफिचर)


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कमला नदीमा आएको बाढीले धनुषातर्फको बाँध कटान हुँदा आसपासका गाउँ जोखिममा परेको छ ।

बाढीले सबैला नगरपालिका – १३ स्थित किरतपुर नजिक पश्चिमतर्फको बाँध कटान गरिरहेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेका हुन् ।

नदीले बाँध कटान गर्न थालेपछि गाउँका मानिसहरु त्रसित भएका छन् । नदीमा बाढी आएपछि स्थानीयबासी रातभर जग्राम बस्न बाध्य भएका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।

बाढीले बाँध कटान गर्न थालेपछि डुबान हुनसक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

बाँध मर्मतका लागि तत्काल नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ बाँस्तोलाले बताए । तर उक्त प्रयासले नियन्त्रण गर्न नसकिएको उनले बताए ।

कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईका अनुसार नदीको चौडाइमा करिब ८० प्रतिशत कटान भइसकेको छ भने लम्बाइमा चार सय मिटर कटान भएको छ ।

बाढीले नदीको ६ सय मिटर बाँध जोखिममा परेको छ । आज बिहानको निरीक्षण पश्चात बाँध जोगाउने काम शुरू भएको भट्टराईले बताए । बजेट अभावका कारण नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीले खटिएका छन् । ‘सरकारले चालु आर्थिक वर्षमा मर्मत सम्भार गर्न पैसा नै दिएको छैन । प्रदेश सरकारले पनि आश्वासन मात्रै दिएको छ,’ उनले भने, ‘संघ सरकारले ५० लाख दिने कुरा छ । तर, अधिकारिक रुपमा आएको छैन ।’

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : १८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर