पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशका राजदूतहरूसँग छलफल | Khabarhub Khabarhub

पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशका राजदूतहरूसँग छलफल


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा मंगलबार विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको छ ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका कामहरूबारे जानकारी दिएका छन् ।

उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, उत्पादन तथा कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिए ।

प्रमुख कार्यकारी निर्देशक (सीईओ) डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउँदै बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताए ।

कार्यक्रममा राजदूतहरुले खोपको विकास र विस्तारसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवर्द्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए ।

यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहे पनि सोही अनुरूप काम हुन नसकको धारणा राखे ।

बंगलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसंख्या भएकोले केही प्रवर्द्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिनसके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल ल्याउन सकिने बताए ।

यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनले भाषा, धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्तव्य भएकोले प्याकेजसहितको बजारीकरणलाई जोड दिनुपर्ने धारण राखिन् ।

श्रीलंकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलंकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल ल्याउन सकिने बताए ।

उनले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक ल्याउन एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताए ।

विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलबार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्तरक्रिया गरेको हो ।

बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका, मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग पनि अन्तरक्रिया गरिसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ०१ बजे

जापानको सहयोगमा विद्यालय भवन निर्माण

गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६