३९ औँ बीपी स्मृति दिवस धरानमा पनि मनाइने | Khabarhub Khabarhub

३९ औँ बीपी स्मृति दिवस धरानमा पनि मनाइने


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– ३९ औँ बीपी स्मृति दिवस धरानमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । भोलि (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो ।

नेपाली कांग्रेस धरान नगर समितिका अनुसार ३९ औँ वीपी स्मृति दिवसको अवसरमा धरान – १३ स्थित बीपी पार्कमा बिहान ८ बजे बीपीको शालिकमा माल्यार्पण गर्ने, दिउँसो २ बजे धरान – २ स्थित नवनिर्मित पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ ।

धरान – २ स्थित बलबहादुर राई/भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा कांग्रेसको भवन निर्माण सम्पन्न गरिएको छ । उक्त भवनको औपचारिक रुपमा उद्घाटन भने भएको छैन । भवनको उद्घाटन अब केही दिनभित्रै गरिने कांग्रेस नगर समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ८ : १५ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्