‘सुपर डान्सर’बाट बिदा भइन् शिल्पा | Khabarhub Khabarhub

‘सुपर डान्सर’बाट बिदा भइन् शिल्पा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ ।

शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ निर्णायक थिइन् । तर अब यो पति पक्राउ परेपछिको मामलाले शिल्पाले यो स्थान जोगाउन सकिनन् ।
शिल्पा यो शोको आगामी भागमा देखिने छैनन् । यसको कारण उनको पति राजको पक्राउलाई प्रमुख मानिएको छ ।

‘सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ मंगलबार हुनुपर्ने थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरिन् । यो घटनालाई निर्माताले शिल्पा आफैं शोबाट बिदा लिएको रुपमा बुझेका छन् ।

यद्यपि शिल्पा के कारणले शोमा आउन चाहिनन् भन्ने कुरा केही खुलाएकी छैनन् । तर पति राज पक्राउ परेपछि उनी चिन्तित बनेको हुनसक्ने अनुमान गरिएको छ ।

शोको आगामी भागमा शिल्पाको स्थानमा अभिनेत्री करिश्मा कपूरले विशेष निर्णायकको रुपमा आफ्नो उपस्थिति जनाउदैछिन् । निर्माताले करिश्मा कपूर, गीता कपूर र अनुराग बसुका साथ शोको सुटिङ पुरा गरिसकेका छन् । यसअघि शिल्पाले मे महिनामा शोबाट केही दिनका लागि ब्रेक लिएकी थिइन् । यो बेला उनको स्थानमा मलाइका अरोडा आएकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : २२ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु