ट्राफिक प्रहरीले थाल्यो छाडा चौपायामा टल्किने स्टिकर टास्ने अभियान | Khabarhub Khabarhub

ट्राफिक प्रहरीले थाल्यो छाडा चौपायामा टल्किने स्टिकर टास्ने अभियान


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान थालेको छ ।

ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा छाडा छोडिएका चौपायामा रातको समयमा टल्कने स्टिकर लगाएको हो । अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको प्रहरीले जनाएको छ ।

रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरिक्षक मिलन कुमार सिंहले जानकारी दिए । उनले उक्त अभियान उपत्यकाभरी नै चलाइने बताए ।

त्यस्तै ट्राफिक प्रहरीले मास्क सचेतना अभियानलाइ पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ३० बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर