माधव नेपालले बोलाए आफू पक्षका सांसदको भेला | Khabarhub Khabarhub

माधव नेपालले बोलाए आफू पक्षका सांसदको भेला


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला बोलाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाएका हुन् ।

छलफलका लागि बोलाइए पनि कुन समय र ठाउँबारे भने नबताइएको एक सांसदले बताए ।

भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको विश्वासको मतपछिको परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल हुन सक्ने ती सांसदको भनाइ छ ।

आजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटेर सरकार विस्तार र सञ्चालनबारेमा छलफल गरेकाले नेपालले सांसदहरूबाट यस विषयमा पनि राय लिने बुझिएको छ ।

देउवालाई नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : ०० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास