बेलायतमा नेपाली पश्मिना बेच्थे शिल्पाका पति राज | Khabarhub Khabarhub

बेलायतमा नेपाली पश्मिना बेच्थे शिल्पाका पति राज


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्रालाई मुम्बई क्राइम ब्राञ्चले सोमबार पक्राउ परेपछि उनी यतिबेला चर्चामा छन् । प्रहरीले उनलाई अश्लील फिल्म बनाएर केही एप्समार्फत प्रसारण गरेको आरोप लगाएको छ ।

राज कुनै विवादमा पहिलोपटक मुछिएका होइनन् । उनी यसअघि आइपीएल सट्टाबाजीमा दोषी पाइएका छन् । राजस्थान रोयल्सका सह–संस्थापक राजले केही वर्ष अघि आफूले सट्टेबाजी गरेको स्वीकारेका थिए ।

मध्यम वर्गीय परिवारमा जन्मिएका राजलाई उनका आमाबाबुले निकै अभावग्रस्त अवस्थामा पालनपोषण गरे । उनको जन्म लण्डनमा भएको थियो । राजका पिता बालकृष्ण कुन्द्रा पञ्जाबको लुधियानाको भए पनि उनी लण्डनमा बस्थे ।

जहाँ उनी बस कण्डक्टर बने । राजकी आमा उषा रानी कुन्द्रा एक पसलमा काम गर्थिन् । राजका पिताले एक रेष्टुरेन्ट खोलेपछि एकदिन राजलाई ‘कि रेष्टुरेन्ट चलाउनु या आफैं काम सुरु गर्नु’ भनेपछि यसलाई गम्भीरतापूर्वक लिँदै उनले आफ्नो यात्रा सुरु गरे ।

त्यसपछि उनी केही पैसा लिएर दुबई गए । उनले त्यहाँ हीरा कारोबारीलाई भेटे, तर कुराकानी गरेनन् । त्यसपछि उनी दुबईबाट नेपाल आए र केही पश्मिना सल किनेर ब्रिटेनका केही ब्राण्डेड स्टोरमा बेच्न सुरु गरे । यो व्यापारमा प्रतिष्पर्धा बढेपछि उनले यसलाई छोडेर हिराको कारोबार गर्न दुबई गए ।

राजको १० कम्पनी छन् । उनलाई सन् २००४ मा एक ब्रिटिस पत्रिकाले ‘सबैभन्दा धनी एशियाली ब्रिटिश’को सूचीमा १ सय ९८ औं स्थानमा राखेको थियो । उनीसँग २८ सय करोडको सम्पत्ति छ ।

उनले दुईपटक विवाह गरेका छन् । उनको पहिलो विवाह कविता कुन्द्रासँग भएको थियो । कवितासँग अलग्गिएपछि उनले अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : ३५ बजे

क्रिकेटर लामिछानेको पुनरावेदन निवेदनमा आज सुनुवाइ

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो