एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी भएको छ ।

सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् ।

सांसद विरोध खतिवडाका अनुसार स्पष्टीकरणको जानकारी मिडियामा मात्रै आएको तर सम्बन्धित व्यक्तिलाई अहिलेसम्म केही पत्र नआएको दाबी गरेका छन् ।

सोमबारदेखि जारी एमाले बैठकमा पार्टी विवाद समाधानका उपाय, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

 

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालबिनाको एमाले एकताको वकालत गर्न थालेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर