१५ दिनभित्र लिखित जवाफ पेस गर्न जसपाको ठाकुर पक्षलाई निर्वाचन आयोगको निर्देशन | Khabarhub Khabarhub

१५ दिनभित्र लिखित जवाफ पेस गर्न जसपाको ठाकुर पक्षलाई निर्वाचन आयोगको निर्देशन


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

आजको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाको उपेन्द्र यादवले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएकोले त्यसबारे प्रतिलिपिसहित लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ३० बजे

सिप मेलामा युवा जाेस- सिकेर आफ्नै व्यवसाय खोल्छौँ

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ

आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा– आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ