प्रजातन्त्रका सेनानी ठाकुरकी श्रीमती मञ्जुलाई प्रदेश प्रमुख डा. अहिराजले गरे सम्मान | Khabarhub Khabarhub

प्रजातन्त्रका सेनानी ठाकुरकी श्रीमती मञ्जुलाई प्रदेश प्रमुख डा. अहिराजले गरे सम्मान


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले प्रजातन्त्र सेनानी अरविन्द ठाकुरकी श्रीमती मञ्जु ठाकुरलाई सम्मान गरेका छन् ।

जिउदो शहीदको उपमा पाएका ठाकुरकी श्रीमती मञ्जुलाई उनकै निवासमा पुगेर प्रदेश प्रमुख अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सो अवसरमा मञ्जुले श्रीमानको योगदानलाई युवा पुस्तासम्म पुर्‍याउन उनको शालिक र जनकपुरको विमान स्थलको नाम उनकै नामबाट राख्न आग्रह गरेकी थिइन् ।

अरविन्द ठाकुर प्रजातन्त्रका सेनानी समेत थिए । उनले साथी दुर्गानन्द झासँग मिलेर २०१८ माघ ९ मा जनकपुरमा राजा महेन्द्रको गाडीमा बम आक्रमण गर्ने योजना बनाएका थिए ।

सोही आरोपमा झालाई मृत्युदण्ड दिइएको थियो भने ठाकुरलाई आजीवन कारावासको सजाय तोकिएको थियो । अन्तर्राष्ट्रिय दववापश्चात ठाकुर १६ वर्षछि २०३४ असोजमा रिहा भएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : १४ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई