ज्वाला संग्रौलासहित तीनजना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी | Khabarhub Khabarhub

ज्वाला संग्रौलासहित तीनजना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियानी बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ०२ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल