‘हुकुम पालना’ एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

‘हुकुम पालना’ एक प्रेरक प्रसङ्ग


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिल आफ्ना मन्त्रीमण्डलीय सहयोगी, देशका शीर्षस्थ वैज्ञानिक र युद्ध विशेषज्ञहरुसँग बसे खाना खाइरहेका थिए । एकाएक उनी भोजन छोडेर डाइनिङ हलभन्दा धेरै पर बनेको भोजनकक्षमा पुगे ।

भान्साघरमा पस्ने बित्तिकै निर्देशन दिए— भान्सा तुरुन्त खाली गर र ज्यान बचाउनका लागि सुरक्षित स्थानमा जाओ, यो मेरो अर्डर हो ।’

भान्सेहरु हुकुमको पालना गर्दै तुरुन्तै सुरक्षित स्थानमा गए । पाँच मिनेटपछि हवाई हमला भयो । भान्साका कुनै सामान बचेनन् ।

वैज्ञानिक र युद्ध विशेषज्ञहरुले चर्चिलसँग सोधे— सर, भान्साघरमा हिटलरका फौजले बम खसाल्दै छ भन्ने तपाईंलाई कसरी थाहा भयो ?

उनले मुस्कुराउँदै भने— यस पृथ्वीमा धेरै कुरा यस्ता पनि छन् जुन समयभन्दा बाहिर छ । जसको केवल महसुस गर्न सकिन्छ, बताउन सकिँदैन ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ०४ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम,

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको