कोरोना महामारीसँग जुध्न नेपाललाई यूएसएडको आपत्कालीन सहयोग | Khabarhub Khabarhub

कोरोना महामारीसँग जुध्न नेपाललाई यूएसएडको आपत्कालीन सहयोग


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्‌कालीन सहयोगको घोषणा गरेको छ ।

स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा बोकेको पहिलो विमान नेपालतर्फ प्रस्थान गरिसकेको यूएसएडले जनाएको छ । यो सहयोग सामग्रीको पहिलो चरण भएको र बाँकी आगामी दिनमा पठाइने यूएसएडको भनाइ छ ।

पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग गरिसकेको जनाएको छ ।

यूएसएडले नेपालमा अक्सिजन सम्बन्धी उपकरण खरीद तथा मर्मतका लागि पनि सघाएको विज्ञप्ति मार्फत जनाएको छ ।

महामारीसँग जुध्न यूएसएडले बितेका १५ महिनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : २८ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति