सिंह कम्प्लेक्समा आगलागी, साढे ३ करोडको क्षति | Khabarhub Khabarhub

सिंह कम्प्लेक्समा आगलागी, साढे ३ करोडको क्षति


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल बजारको केन्द्रमा रहेको सिंह कम्प्लेक्समा बुधबार राति आगलागी भएको छ ।

कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ । राति १.३५ बजे लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाउन सफल भएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको कम्प्लेक्सका संचालक संचालक महेशमान सिंहले बताए ।

आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको उनले बताए। आगलागीबाट सबैभन्दा ठुलो क्षति लाबी फुडकोर्डमा भएको उनले बताए । आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरी ११ वटा एसी पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफा लगायत सबै ध्वस्त भएको उनले बताए । फुडकोर्ड अन्तर्गत दुई वटा आकर्षक रेष्टुरेन्ट रहेका थिए ।

यो संगै रहेको भ्यु सिनेमाको बकस अफिस र काउन्टरमा समेत क्षति भएको छ। समयमा नै आगो नियन्त्रणमा लिन सफल हुँदा थप क्षति हुन नपाएको उनले बताए । आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) को समेत क्षति भएको छ । प्रशासनबाट निशेषज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ५९ बजे

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका