सूरिया हेल्थ केयरले स्वाव नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा | Khabarhub Khabarhub

सूरिया हेल्थ केयरले स्वाव नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामंगलस्थित सुरिया हेल्थ केयरले स्वाब नै नलिइ कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट दिने गरेको खुलेको छ ।

महानगरी अपराध महाशाखाका अनुसार उक्त ल्याबले ९ हजार रुपैयाँ लिएर परीक्षणविना नै कोरोना नेगेटिभ भएको रिपोर्ट दिने गरेको खुलेको हो ।

महाशाखाको टोलीले उक्त ल्याबमा छापा मारी केही नक्कली रिपोर्ट बरामद गर्नुका साथै संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रहरीले व्यवस्थापन प्रमुख लेखानन्द प्रसाद सिंहसहित ८ जनालाई पक्राउ गरेको छ । यसैगरी उक्त ल्याबका कम्प्युटर लगायतका उपकरण समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनका विषयमा महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले भने, ‘जनस्थास्थ्यका हिसाबले यो अत्यन्तै ठूलो लापरबाही हो । ल्याबको मिलेमतोमा नक्कली एजेन्ट खडा गरी ९ हजार रुपैयाँ लिएर स्वाव नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट तयार भएको हामीले पाएका छौँ । थप अनुसन्धान हुँदैछ ।’

उक्त ल्याबले वैदेशिक रोजगारीमा जानेहरुका लागि समेत गर्नुपर्ने आवश्यक पीसीआर परीक्षण गर्दै आएको खुलेको छ ।

यस्तो छ प्रहरीले जारी गरेको विज्ञप्ति 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ०८ बजे

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको