एक प्रेरक प्रसङ्ग ‘जपको प्रभाव’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘जपको प्रभाव’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन केही शिष्यले आफ्ना गुरुसँग सोधे— गुरुजी ! तपाईंको भनाइ मानेर हामीले हरेक दिन जप गर्छौं । तर यसबाट कुनै लाभ भएको जस्तो हामीलाई लागेन । यसको कारण के होला ?

आफ्ना शिष्यको सुनेर गुरु केही नबोली मुसुक्क हाँसे । केही समयपछि उनले रक्सीले भरिएको एउटा बोतल लिन पठाए र भने— यसबाट कुल्ला गरे बोतललाई खाली गरिदिनू ।

शिष्यले त्यस्तै गरे । त्यसपछि गुरुले सोधे — के बोतल खाली भएपछि तिमीहरुलाई नशा लाग्यो ?

सबै शिष्यहरुले एकैसाथ भने— गुरुजी ! नशा कसरी लाग्छ ? हामीले रक्सीलाई घाँटीबाट तल नै पुर्‍याएनौँ ।

गुरुले मुस्कुराउँदै भने— जसरी घाँटीभन्दा तल नगएसम्म रक्सीको असर हुँदैन, माथिबाट जप गरेर त्यसको असर हुँदैन । जबसम्म हृदयबाट जप गर्दैनौँ वा त्यसैमा डुब्दैनौँ त्यसबाट लाभ हुँदैन ।

शिष्यहरुले आफ्नो जिज्ञासाको उत्तर पाए र जप गर्न गए ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।