एमालेको केन्द्रीय कमिटी महाधिवेशन आयोजक समितिमा परिणत | Khabarhub Khabarhub

एमालेको केन्द्रीय कमिटी महाधिवेशन आयोजक समितिमा परिणत


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको संस्थापन पक्षले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ ।

हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले १० औं राष्ट्रिय महाधिवेशन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यसलाई महाधिवेसन आयाजक समितिमा परिणत गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताए ।

पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय कमिटी विस्तार नमान्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : १५ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन