१० किलोमिटर दौडको उपाधि सन्तोषी र गोपीचन्द्रलाई | Khabarhub Khabarhub

१० किलोमिटर दौडको उपाधि सन्तोषी र गोपीचन्द्रलाई


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर दौडको उपाधि सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको प्रतिस्पर्धामा एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा र सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्डमा दौड पूरा गर्दै ६०–६० हजार रुपैयाँ र स्वर्ण पदक जिते ।

दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्ड र ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।

गत वर्ष भएको दक्षिण एशियाली खेलकुदमा सन्तोषीले १० किलोमिटरमा र गोपीले ५ किलोमिटरमा स्वर्ण पदक जितेका थिए ।

सन्तोषीको यो वर्षको तेस्रो उपाधि हो । फागुनमा धरान १० किलोमिटर र गत साता गोल्डेन एथलेटिक्स मिटमा ३ किलोमिटरमा स्वर्ण पदक जितेकी थिइन् । गोपीको वर्षको यो दोस्रो उपाधि हो । मंसिरमा नेपालगन्ज म्याराथनको उपाधि जित्दै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई दोस्रो र एपिएफकी फूलमती राना तेस्रो भए । यस्तै, पुरुषतर्फ अनिष थापा दोस्रो र तीर्थ पुन तेस्रो स्थान प्राप्त गरेका थिए । दुवैतर्फ दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको १० किलोमिटर रोड रेसमा ४ सय जना सहभागि थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ४५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको