विभागद्वारा सिंहदरबारका क्यान्टिनबाट अखाद्य वस्तु जफत, १० हजार जरिवाना | Khabarhub Khabarhub

विभागद्वारा सिंहदरबारका क्यान्टिनबाट अखाद्य वस्तु जफत, १० हजार जरिवाना


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहदरबारका विभिन्न क्यान्टिनमा अनुगमन गरी अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई कारबाही गरेको छ ।

शुक्रबार विभागको संयुक्त टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित क्यान्टिनमा अनुगमन गरी विभिन्न अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई जरिवाना समेत तिराएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

अर्थ मन्त्रालय परिसरमा संचालित क्याण्टिन(म्यानेजमेन्ट सर्भिस) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित क्याण्टिन(गोसाइँकुण्ड भोजनालय) को अनुगमन गरिएको प्रवक्ता सेढाईंले बताए ।

अनुगमनका क्रममा उनीहरुले नियमन तथा कारोबार सम्बन्धी कागजात नदेखाएको, उपभोग्य म्याद समाप्त खाद्य वस्तु बिक्री गरेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणिक नापतौल मेसिन प्रयोग गरेको पाइएको हुँदा उपभोक्ता संरक्षण ऎन अनुसार उनीहरुलाई कारबाही गरिएको प्रवक्ता सेढाईंले जानकारी दिए ।

प्रवक्ता सेढाईंले भने, ‘अनुगमन टोलीले नियन्त्रणमा लिएको ३ हजार १४५ रुपैयाँ बराबरको खाद्य एवं पेय पदार्थ नष्ट गरिएको छ र केन्द्रीय क्यान्टिनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।’

अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई नियमन सम्बन्धी कागजात पेश गर्न एवं मापदण्ड अनुसार क्याण्टिन सञ्चालन गर्न  निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : २५ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०