जाडोमा घाम ताप्दै बदाम खानुका फाइदा के के छन् ? | Khabarhub Khabarhub

जाडोमा घाम ताप्दै बदाम खानुका फाइदा के के छन् ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा खाइने फल हो, बदाम । जाडोमा घाममा बसेर सुन्तलासंग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरु पुर्याउँछ । के के हुन् ती लाभ :

१. तौल नियन्त्रण
बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले अन्य क्यालोरियुक्त चिल्लो खानेकुरा खाने इच्छा हुँदैन । जसले थोरै खाने इच्छा हुन्छ र मानिसको तौल घट्ने सम्भावना हुन्छ ।

२. क्यान्सर
बदाममा ‘फाईटोस्टेरोल’ नाम तत्व पाइन्छ । फाइटोस्टेरोलले शरीरमा आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ । जसबाट क्यान्सर हुनबाट जोगाउँछ ।

३. कोलेस्टोरल
बदाममा असंतृप्त फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । जसले बदामको सेवनले शरीरमा सन्तुलित कोलेस्ट्रोल स्तर कम गर्दछ र विभिन्न प्रकारका रोग हुनबाट बचाउँछ ।

४. मधुमेह
बदाममा म्याग्नेसियमसमेत पाइन्छ । यसले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न लाभकारी मानिन्छ । जसका कारण मधुमेह हुनबाट जोगाउँछ ।

५. स्ट्रोक
बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ तत्व र खनिज तत्व पाइन्छ । जसका कारणले मुटुमा हुने हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँन मद्दत गर्दछ ।

६. डिप्रेसन
बदाममा पाइने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिरुद्ध लड्न मद्दत गर्दछ । यसको सेवनले स्ट्रेस र तनाबबाट मुक्ती हुने भएकाले दैनिक एक मुठी बदाम खानु राम्रो मानिन्छ ।

७. शिशुलाई लाभ
बदाममा हुने फोलिक एसिडले शिशुलाई मष्तिक, स्पाईन र स्पाईनल कर्डमा जन्मिदै देखिने समस्या हुनबाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातबाटै आमाले बदाम खानु पर्दछ ।

८. छालामा चमक
बदाममा पाइने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छाला चम्किलो बनाउँछ । यसमा पाइने पोषणयुक्त फाईबरले छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । साथै छालालाई चाउरी पर्नबाट जोगाउछ ।

९. कपाल
बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्व हुन्छ । यसमा पाइने तत्व ‘लार्जिनाईन’ले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ५० बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका