ओलीको 'स्वेच्छाचारी हमला'विरुद्ध उत्रिन जनजाति नेतालाई प्रचण्डको आग्रह (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीको ‘स्वेच्छाचारी हमला’विरुद्ध उत्रिन जनजाति नेतालाई प्रचण्डको आग्रह (भिडियोसहित)


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुर्‍याउने कोशिस भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मुलुकलाई ठूलो संकटमा पुर्‍याउन लागेको आरोप लगाउँदै उनको ‘स्वेच्छाचारी हमला’ लाई रोक्न सबै एकत्रित भएर आन्दोलनमा होमिनुको विकल्प नभएको बताएका हुन् ।

बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद विघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुर्‍याउने कोशिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताए ।

उनले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राखे । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ थियो ।

हेर्नुस् भिडियो

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन समेत अपिल गरे ।

कार्यक्रममा दाहाल -नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपालले आफूहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाएका थिए ।

कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगायतको अधिकार स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर