नेपाली सेनामा फेरि घटाइयो पेन्सनको समयावधि | Khabarhub Khabarhub

नेपाली सेनामा फेरि घटाइयो पेन्सनको समयावधि


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनामा सेवा प्रवेश गरेको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ ।

यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब फलोअर्स र सिपाहीको पेन्सन, सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने भएको छ।

नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो।

नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको छ।

सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सहायक सेनानी र सोभन्दा माथिको पेन्सन २० वर्षमा हुनेछ।

सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ । यसले नेपाली सेनामा तल्लो दर्जामा कार्यरतहरूलाई राहत मिलेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : १० बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र