संवैधानिक इजलासमा उठाइयो ओलीको अभिव्यक्तिबारे प्रश्न | Khabarhub Khabarhub

संवैधानिक इजलासमा उठाइयो ओलीको अभिव्यक्तिबारे प्रश्न


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतितिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएको भन्दै जारी बसहका क्रममा प्रश्न उठाइएको छ ।

बुधबारको सुनुवाइमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित पार्ने प्रयास गरिरहेको जिकिर गरे ।

‘प्रधानमन्त्रीले क्षेत्राधिकार मिचेर बोल्नुभएको छ । उहाँले अदालतलाई प्रभावित गर्न खोज्नु भएको छ’, बहसका क्रममा उनले भने ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाएपछि न्यायाधीश अनिल कुमार सिन्हाले अदालत कसैको प्रभावमा नफस्ने स्पष्ट पारेका थिए ।

न्यौपानेको जिकिरपछि सिन्हाले प्रश्न गरे, ‘प्रधानमन्त्रीको बोलीले तपाईं प्रभावित हुनुहुन्छ ? जवाफमा न्यौपानेले ‘म छैन’ भन्ने जबाफ दिए ।
त्यसपछि सिन्हाले ‘तपाईं प्रभावित हुनुहुन्न भने हामीपनि प्रभावित हुन्नौं ।’ भन्ने जबाफ दिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : १७ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।