पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सरको खतरा | Khabarhub Khabarhub

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सरको खतरा


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ ।

अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताए ।

उनका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ ।

अर्का अन्कोलोजिस्ट डा. अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताए । उनका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछन्, जसले गर्दा पुरुषको मृत्युदर उच्च हुन्छ ।

६० देखि ७० वर्षका पुरुष स्तन क्यान्सरको उच्च जोखिम समूहमा पर्छन् । उनले कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुने बताए । यसबाट पीडित हुने पुरुषको यकिन तथ्याङ्क नभए पनि बर्सेनि करिब १० जनाको शल्यक्रिया हुँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को प्रतिवेदनअनुसार क्यान्सरका बिरामीको सङ्ख्या अहिलेकै दरमा बढ्दै जाने हो भने आगामी सन् २०३० सम्म संसारमा ७५ वर्ष उमेर पुग्नुअघि नै पाँचमध्ये एक जना पुरुषलाई स्तन क्यान्सर हुनेछ । साथै आठमध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ४५ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा