स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित | Khabarhub Khabarhub

स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- छथर गाउँपालिकाको केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी स्थानीयले लाभ लिएका छन् ।

दुर्गम तथा विपन्न बस्तीलाई लक्षित गरी पाँच दिन सञ्चालन भएको शिविरमा चार सयभन्दा बढीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

तीन दिनका लागि सञ्चालन गरिएको शिविर नागरिकको चाप सँगै पाँच दिनसम्म सञ्चालन भएको माउण्ट एभरेष्ट सेवा समाजका महासचिव रोहित खनालले जानकारी दिए ।

डाक्टर खगेन्द्र कटुवालको नेतृत्वमा रहेको १३ जना चिकित्सकको टोलीले  सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा  मिर्गौला, कजेलो, पित्तथैली, पाठेघर प्रोष्टेट, पेट, मुटु, फोक्सो र रगत जाँच गरिएको थियो । सामान्य नाम दर्ताबाहेक भिडियो एक्सरे, ईसिजी, ‌औषधि डाक्टर खर्चसमेत नि:शुल्क थियो ।

शिविरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, असाहय र आर्थिक अवस्था कम्जोर भएकाहरूलाई नि:शुल्क  सेवा दिएको जनभावना अस्पताल धनकुटाले जनाएको छ ।

गाउँमै स्वास्थ्य सेवा पाउँदा राहात मिलेको नागरिकहरूले बताए । जनभावना अस्पताल धनकुटा प्राविधिक सहयोग तथा माउण्ट एभरेष्ट सेवा समाज नेपालको आयोजना र छथर गाउँपालिका तेह्रथुमको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

शिविरलाई प्रभावकारी बनाउन र नागरिकसम्म सेवा पुर्याउन गाउँपालिकाको ६ वटै वडामा स्वास्थ्य शिविरसम्बन्धी छलफल सञ्चालन गरेको थियो । टोल विकास संस्थाका संयोजक र वडाध्यक्षहरूको सहभागितामा छलफल गरी शिविर सञ्चाल गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ५१ बजे

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा