ढुंगाड पुगेको हेलिकोप्टर उद्धार नगरी फिर्ता | Khabarhub Khabarhub

ढुंगाड पुगेको हेलिकोप्टर उद्धार नगरी फिर्ता


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सिगास गाउँपालिका ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि त्यहाँ पुगेको हेलिकोप्टर फिर्ता भएको छ ।

सेती नदी गाउँमा पस्दा गाउँको टापुमा फसेका व्यक्तिहरूको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । हेलिकोप्टरले तीन पटकसम्म कोसिस गर्दा पनि अवतरण गर्न नसकेपछि फिर्ता गएको उनले बताए ।

सेती नदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेका छन् । अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भइरहेको बताइएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ६ : १० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र