पौषको दोस्रो साताबाट दर्शकमाझ ‘चुरीफुरी’ | Khabarhub Khabarhub

पौषको दोस्रो साताबाट दर्शकमाझ ‘चुरीफुरी’


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–निर्देशक ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरीफुरी’ आगामी पौष ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा निर्देशक ऋषिराज आचार्यसँग गरेको साक्षात्कारमा आचार्यले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक आचार्यले कोरोनाले दिक्क भएका दर्शकलाई ‘फ्रेस’ बनाउने औषधिको काम आफ्नो फिल्मले गर्ने दाबी गरे ।

‘कोरोनाले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प छैन । नेपाल चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि फिल्म प्रदर्शन सम्बन्धी राहतको प्याकेज ल्याउनुपर्छ । जसलेगर्दा करोडौंको लगानी रहेका फिल्म निर्माताहरुमा पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण सिर्जना हुन्छ’, उनले भने ।

सोसियल कमेडी जनरामा निर्माण भएको फिल्ममा रवीन्द्र झा, सुबोध गौतम, राजिवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतको अभिनय छ ।

फिल्ममा दीपक शर्माको संगीत, राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल(भन्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मको वितरक डीसीएन हो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : ४९ बजे

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी