मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती | Khabarhub Khabarhub

मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– दशैँ र तिहारको बीचमा डोल्पाको फोक्सुण्डो घुम्न जाने पर्यटकलाई सास्ती भएको छ । स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।

दुई दिनदेखि हवाइ रुटमा मौसम खराब भएकाले बीच बाटोबाट फर्कनु परेको समिट एयरका स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए । दिनमा चार भन्दा बढी उडान पर्यटकलाई लिएर नेपालगन्जबाट डोल्पा जाने गरेको उनले बताए । अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटलहरू भरीभराउ भएका छन् । स्थलमार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइ शे–फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू हुन् ।

दैनिक ४० भन्दा बढी पर्यटकहरूलाई होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए । यो सिजन डोल्पा घुम्ने सबै भन्दा उत्कृष्ट बेला हो । कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फोक्सुण्डो लगायतका ठाउँको यात्रा यो वर्ष फस्टाएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज, सुलिगाडले दिएको जानकारी अनुसार दिनमा एक सयभन्दा बढी पर्यटक फोक्सुण्डो तालतर्फ गइरहेका छन् । यस क्षेत्रमा मंसिरदेखि हिमपात सुरु हुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ३ : ३८ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज