कञ्चनपुरमा तटीय क्षेत्रका बस्ती डुबानमा | Khabarhub Khabarhub

कञ्चनपुरमा तटीय क्षेत्रका बस्ती डुबानमा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्। आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहाव उच्च भएको छ । महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन् । रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ।

“रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन । पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ ।” भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन् । महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग (भाइरल रोड)मा कटान गर्ने कार्य जारी राखेको छ ।

मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ । महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ। नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ ।

जिल्लाको मध्य माग भएर बग्ने दोदा (मछेली) नदीको बहावसमेत उच्च भएको छ । नदीको सुचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ । चुरे क्षेत्र भएर नदीको बहावसमेत बढेको छ । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटानको कार्यसमेत तीव्ररुपमा भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ४५ बजे

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान