इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर | Khabarhub Khabarhub

इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको सबै भन्दा पुरानो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय र ईजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अविव विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल/ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले यी दुई विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको जानकारी दिए।

ईजरायलको तेल तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भएको उक्त समझदारीपत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डाक्टर शिवलाल भुसाल ९८५१२७४१२२ र ईजरायलको तर्फबाट तेल तेल अभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको शाक्यले जानकारी दिए ।

‘कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी लागेको छ,’ शाक्यले भने, ‘समझदारीपत्रमा हस्ताक्षरसँगै अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएका छौँ । यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय/विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि ठूलो सहयोग पुग्ने छ ।’

त्रिभूवन विश्वविद्यालयका रेक्टर भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरुबिच अनुभवन आदन–प्रदानमा सहज हुने अपेक्षा लिएको बताए ।

‘इजरायलका लागि नेपालका राजदूतज्युको विशेष सक्रियतामा हामीले यो सम्झौता गरेका हौँ,’ भुसालले भने, सम्झौताले अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका साथै विपद् व्यवस्थापनको क्षेत्रमा यहाँका प्राध्यापक, विद्यार्थी र उहाँका पनि प्राध्यापक विद्यार्थीबिच अनुभव आदन–प्रदानमा थप सफलता प्राप्त गर्न सहयोग पुग्ने छ, यो सकारात्मक काम हो ।’

सोही अवसरमा नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्र प्रकाशित गरिएको थियो ।

समझदारीपत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल अभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागका प्रमुख डा. ब्रुरिया एडिनीले हस्ताक्षर गरे ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  २ : १३ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति