ओलीको निर्देशन : एमालेमाथि हमला शुरू भएको छ, प्रतिवादका निम्ति तयार रहनू | Khabarhub Khabarhub

ओलीको निर्देशन : एमालेमाथि हमला शुरू भएको छ, प्रतिवादका निम्ति तयार रहनू


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

एमाले केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको र प्रतिवादका लागि तयार हुनुपर्ने बताएका हुन् ।

कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको उनको भनाइ छ । उनले आफू नेतृत्वमा रहँदा सरकारले धेरै राम्रा काम गरेपनि केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि सरकारले गरेका राम्रा कामहरूको विरोध गरेको दाबी गरे । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानून र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबी पनि गरे ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता माधव नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

पार्टीको निर्णय नमान्ने सांसदहरूको क्रियाकलाप पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भएको प्रवक्ता ज्ञवालीले बताए । असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमा नै बैठक बसेको उनको भनाइ थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार बैठक मंगलबार ३ बजे फेरि बस्नेछ । यसैबीच केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको लागि दबाब दिएका थिए ।

ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ता र अखिलको समूहले जनताले सूर्यमा भोट हालेर जिताएका तर संसदमा कांग्रेसलाई भोट दिएको भन्दै त्यस्ता नेतालाई कारबाही गर्न माग गरेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ४० बजे

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि

काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र