सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप : प्रधानमन्त्री देउवा


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप भएको बताएका छन् ।

सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार काठमाडौँका खोप केन्द्रको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका हुन् ।

काठमाडौं उपत्यकाभित्रको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रमा देउवाले अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान शुभारम्भ पनि गरेका छन् । सो क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध मिलाउन पनि निर्देशन पनि दिएका छन् ।

‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु,’ प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन् ।

देउवाले आजै त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : १० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई