पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई थापाको आग्रह | Khabarhub Khabarhub

पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई थापाको आग्रह


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन् ।

नेता थापाले ट्वीट गर्दै बलुवाटारमा पार्टी बैठक नराख्न गरेको अनुरोधमा सभापति देउवा सकारात्मक रहेको जानकारी पनि गराएका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला,’ थापाले ट्वीटमा भनेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : २५ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका