काठमाडौँ उपत्यकामा संक्रमण दर घट्दो, २४ घण्टामा ३३७ थपिए | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा संक्रमण दर घट्दो, २४ घण्टामा ३३७ थपिए


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा गरी कुल ३३७ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

यस्तै देशभरका जिल्लाहरूमध्ये बागलुङमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बागलुङमा पछिल्लो २४ घण्टामा २२५ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : २६ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको