महाकाली नदीको बहाव घट्दो क्रममा | Khabarhub Khabarhub

महाकाली नदीको बहाव घट्दो क्रममा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकाली नदीमा जल सतह घट्दो क्रममा रहेको छ । शुक्रबार रातिसम्म बढ्दै गएको महाकाली नदीमा पानीको बहाव शनिबार बिहानदेखि घट्दै गएको हो ।

सदरमुकाम खलङ्गा झोलुङ्गे पुल नजिक पानीको सतह घटेर ४.२ मा झरेको छ । गएराति १० बजे सो स्थानमा पानीको बहाव ४.५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको थियो ।

“पानीको बहाव कम हुँदै गएको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले भने, “तर खतरा भने कायमै छ ।” प्रहरीले निरन्तर नदीछेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ । सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको उनको भनाइ छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए ।

दार्चुलाको महाकाली नगरपालिका तथा मालिकार्जुन, लेकम, व्याँस र दुहुँ गाउँपालिकालगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयवासीलाई जान नदिन प्रहरीले सबै युनिटहरुलाई खबर गरेको छ ।

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

खोतीला पहिरो कटान हुँदै

महाकाली नदीले धारचुलाको खोतीला पहिरो पनि कटान गर्दै लगेको छ । ०७३ साल असोजमा आएको सुख्खा पहिरो कटान थालेको छ । बंगागबडको पारिपट्टी रहेको खोतीला पहिरो कटान हुन थालेपछि भारतीय बाटो अवरुद्ध बनेको प्रहरी निरीक्षक चन्दले बताए ।

यसअघि नेपालले निरन्तर खोतिला पहिरो हटाउन भारतलाई आग्रह गर्दै आएको थियो । पटक पटक भारतले स्थलगत निरीक्षण समेत गरेको थियो । तर भारतले उक्त पहिरो हटाउँदा भारततर्फ बढि क्षति हुने भन्दै हटाउन मानेको थिएन । नेपालले भने पहिरोका कारण खलङ्गाको तटबन्ध र बजार क्षेत्र जोखिममा परेको भन्दै निरन्तर हटाउन आग्रह गर्दै आएको थियो ।

नौगाडमा दुई घर भत्किए

पहिरोका कारण नौगाड गाउँपालिकामा दुई घर भत्किएका छन् । नौगाड गाउँपालिका—१ इयरकोटका सौडानका विरनसिह महता र प्रेम महताको घर भत्किएको हो ।

घरमाथिबाट आएको पहिरोले पूरै घर क्षति भएको स्थानीयवासी आनसिंह बडालले बताए । पहिरोका कारण दुबै परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी