निषेधाज्ञाले समस्यामा परहेकाहरुलाई निशुल्क खाना | Khabarhub Khabarhub

निषेधाज्ञाले समस्यामा परहेकाहरुलाई निशुल्क खाना



झापा– निषेधाज्ञाको समयमा समस्यामा परेका तथा अलपत्र सर्वसाधारणलाई झापाको दमकमा निशुल्क खाना खुवाउन थालिएको छ ।

कुनै आम्दानी तथा रोजगारी नभएका र सडकमै जीवन बिताउँदै आएकाहरुलाई लक्षित गरी खाना खुवाउन थालिएको हो ।

गएको जेष्ठ ३१ गतेदेखि पूर्व बस स्टेण्ड आसपासमा उनीहरुलाई खाना खुवाउने गरिएको अभियानलाई संयोजन गर्दै आएका पण्डित कुवेर सुवेदीले जानकारी दिए । यसरी दैनिक खाना खानेको संख्या ५० भन्दा बढि रहेको जनाइएको छ ।

निुशल्क खाना खान आउने मध्ये धेरैजसो सवारी साधन चल्दा मागेर जीवन चलाउनेहरु रहने गरेका छन् । यो अभियानलाई युवाहरुको सिटी बक्स नामको समूहले सहयोग गर्दै आएको छ ।

बुधबार खाना वितरण गर्ने अभियानमा पुगेका नगरप्रमुख रोमनाथ ओलीले संकटका बेला समस्यामा परेका सबैलाई सहयोग गर्नु मानवीय जिम्मेवारी रहेको पनि बताए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : २९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी