कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरको निर्देशन | Khabarhub Khabarhub

कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरको निर्देशन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नरहेकाले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए ।

जारी सूचनामा जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन भनिएको छ ।

महानगरपालिकाले यसअघि पनि असार १ बाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भन्दै अन्य कक्षाका विद्यार्थीको विभिन्न विधिमार्फत जेठ मसान्तभित्र परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन दिईसकेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ३ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र