भारतमा संक्रमणदर घट्दै, २४ घण्टामा २ लाख ६७ हजार संक्रमित थपिए | Khabarhub Khabarhub

भारतमा संक्रमणदर घट्दै, २४ घण्टामा २ लाख ६७ हजार संक्रमित थपिए


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतमा संक्रमण दर क्रमश: घट्न थालेको छ ।

केही दिन चार लाखभन्दा बढी संक्रमित थपिएको भारतमा अहिले क्रमश: संक्रमितको संख्या घट्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको तथ्यांक अपडेट गरिरहेको वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा भारतमा २ लाख ६७ हजार १७४ जनामा संक्रमण थपिएको छ । सोही अवधिमा ४ हजार ५२५ नागरिकले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म भारतमा २ करोड १९ लाख ७९ हजार ७०३ जनाले कोरोनालाई जितेका छन् । ३२ लाख ३२ हजार १६५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ०९ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको