सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपालसहित ११ देशका सैनिक अधिकृत सहभागी (फोटोफिचर) | Khabarhub Khabarhub

सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपालसहित ११ देशका सैनिक अधिकृत सहभागी (फोटोफिचर)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८ औँ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालिम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे ।

सो अवसरमा तालिममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो । कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले कोभिड–१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको जानकारी दिए ।

मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत ५ जना सहित ५९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलङ्का, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका १/१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ७२ जना अधिकृतहरु सहभागी छन् ।

वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९८१, विभिन्न मित्रराष्ट्रहरुका ८९, नेपाल प्रहरीबाट १२, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १५ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ११२२ जना शिक्षार्थी अधिकृतहरु उक्त तालिमबाट दिक्षित भएका छन् । (रासस)

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ५८ बजे

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ