गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइयो | Khabarhub Khabarhub

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइयो


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ ।

संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले गत २ गते राति प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशनको माग गरेका थिए । ।

सोही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आगामी १३ गते विशेष अधिवेशन डाक्न सिफारिस गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले बैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने तयारी गरिएपछि मुख्यमन्त्री गुरुङले मध्यरातमा नै अधिवेशन स्थगित गर्न सिफारिस गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ०१ बजे

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार