माधव नेपालसहित ८ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय | Khabarhub Khabarhub

माधव नेपालसहित ८ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप ८ जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेकोलगायतका आरोप उनीहरूविरुद्ध लगाइँएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरूलाई वैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ ।

यसअघि ‘२० जनालाई स्पष्टीकरण सोध्ने निर्णय’ भनिएकोमा बैठकले ८ जनालाई सोध्ने निर्णय गरेको जानकारी प्राप्त भएकाले क्षमा याचनासहित सच्याइएको छ । – प्रधान सम्पादक

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४५ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार