थापाथलीबाट एमाले मुख्यालय सञ्चालित | Khabarhub Khabarhub

थापाथलीबाट एमाले मुख्यालय सञ्चालित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ । यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो ।

कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

नयाँ पार्टी मुख्यालयमा अध्यक्ष, महासचिव, सङ्गठन विभाग, प्रचार विभाग र विदेश मामिला प्रमुखसहितका १२ कोठा छन् । नयाँ कार्यालय सर्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गरेका थिए ।

विसं २०७२ को भूकम्पले बल्खु, मदन नगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो ।

पार्टीले धुम्रबाराहीमा चक्रपथको सडक विस्तारले आउजाउमा समस्या परेकाले थापाथलीमा कार्यालय सारेको हो ।

एमालेले मदन नगरमा पार्टीको अत्याधुनिक भवनको शिलान्यास पनि नेकपा स्थापना दिवसमा गर्ने भएको छ । पार्टी अध्यक्ष ओलीले भूकम्पपछि भत्किएको भवन रहेको जग्गामा नै नयाँ बन्ने भवनको शिलान्यास गर्नेछन् । – रासस

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : ४५ बजे

इलाम २ : मतगणना अन्तिम चरणमा, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा