एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित | Khabarhub Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा सेन्ट इटिनेमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता इटिनेले बनाएको थियो ।

खेलको ७७ औँ मिनेटमा डेनिस बौन्गाले गोल गर्दै इटिनेलाई अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । ८७ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

इन्जुरी समयको दोस्रो मिनेटमा रोमियन हामुमाले गोल गर्दै इटिनेलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।

जितसँगै पीएसजीले ३३ खेलमा ६९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । इटिने ३९ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : २५ बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन