भाजपा राजनीतिमा ‘रामायण’का ‘राम’ | Khabarhub Khabarhub

भाजपा राजनीतिमा ‘रामायण’का ‘राम’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय चर्चित टेलिफिल्म ‘रामायण’ मा ‘राम’ चरित्र निर्वाह गरेर चर्चामा आएका अभिनेता अरुण गोविल भारतीय जनता पार्टी(भाजपा)को राजनीतिमा प्रवेश गरेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नयाँदिल्लीमा रहेको भाजपाको कार्यालयमा पार्टीको सदस्यता लिएका हुन् । उनलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले सदस्यता दिलाएका थिए ।

‘अहिलेको समयमा हाम्रो जुन कर्तव्य हो, त्यो गर्नुपर्छ । मलाई राजनीतिको बारेमा आजभन्दा अगाडि थाहा थिएन । तर मोदीजीले जब देश सम्हाल्नुभयो, तब देशको परिभाषा नै बद्लियो । मेरो दिल र दिमागमा जे कुरा आउँछ, त्यो कुरा गर्छु’, उनले भनेका छन् ।

भारतका ६ राज्यमा हुन लागेको विधानसभा चुनाव अघि अरुणको भाजपा प्रवेशलाई विशेष रुपमा हेरिएको छ । तर पार्टीमा उनको जिम्मेवारी के हुन्छ त्यो निश्चित भइसकेको छैन ।

यद्यपि पार्टीको सदस्यता लिएपछि विधानसभा चुनावमा उनी उम्मेद्वार हुनसक्ने आँकलन गरिएको छ । तर गोविल र भाजपाले यो विषयमा मुख खोलेको छैन ।

अरुण अघि ‘रामायण’मा ‘सीता’ बनेकी दीपिका चिखलिया, ‘हनुमान’ बनेका दारा सिंह र ‘रावण’को भूमिका निभाएका अरविंद त्रिवेदी पनि राजनीतिमा आइसकेका छन् । दीपिकाले भाजपाको टिकटमा दुईपटक चुनाव लडिसकेकी छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ०० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने