प्रभु बैंकद्वारा भानुभक्त मावि सिन्धुलीलाई कम्प्युटर सहयोग | Khabarhub Khabarhub

प्रभु बैंकद्वारा भानुभक्त मावि सिन्धुलीलाई कम्प्युटर सहयोग


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।

सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालय तिनकुनामा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रभु बैंकद्वारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनहरुमा आप्mनो सामाजिक क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ३५ बजे

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका

गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै

अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो ?

एजेन्सी- प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरू केही सातायता आन्दोलनका केन्द्रबिन्दु बनेका छन्