नासाको अन्तरिक्ष यान पर्सिभियरन्सको मंगल ग्रहमा सफल अवतरण | Khabarhub Khabarhub

नासाको अन्तरिक्ष यान पर्सिभियरन्सको मंगल ग्रहमा सफल अवतरण


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पर्सिभियरन्स अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।

यो यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा अवतरण गर्न सफल भएको हो ।

नेपाली समयअनुसार शुक्रवार बिहान २ बजेर ४० मिनेटमा पर्सिभियरन्स रोभरले मंगल ग्रहमा अवतरण गरेको हो ।

यो परियोजना नासाको एक महत्वकांक्षी परियोजना हो । सफल अवतरण भएपछि नासाका अन्तरिक्ष निकायका वैज्ञानिकहरुले खुशी मनाएका थिए ।

रोभरले त्यहाँ पुगेर तस्वीर पनि पठाइसकेको छ । अब उक्त रोभरले आफ्नो ब्याट्री चार्च गर्नेछ र पुन आफ्नो काम थाल्नेछ । नासाका अनुसार उक्त रोभर कारजत्रो भएको र त्यसमा जीवावशेष अध्ययन गर्न आवश्यक पर्ने वैज्ञानिक उपकरण जोडिएको छ ।

उक्त यान सात महिनामा ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा पुगेको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : ४७ बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता